कीर्तिमानी जीतसहित नेपालले उचाल्यो त्रिकोणात्मक टी-२० सिरिजको उपाधि

news-details

नेपालले कीर्तिमानी जीतसहित त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको छ । शनिबार टियू मैदानमा भएको फाइनल प्रतिस्पर्धामा नेरदल्याण्ड्समाथि १४२ रनको शानदार जितसँगै उपाधि जित्न सफल भएको हो ।

नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डसलेले सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन सफल भएको थियो ।

टी–२० अन्तर्राष्ट्रियमा नेपालको अहिलेसम्मकै यो उच्च स्कोर हो । यसअघि नेपालले सन् २०१९ मा १३ औं सागमा भुटानविरुद्ध २३६ रन बनाएको थियो र १४१ को कीर्तिमानी जीत दर्ता गराएको थियो । सोही रेकर्डलाई तोड्दै शनिबार नेपालले नेदरल्याण्डलाई १४२ रनले पराजित गरेको हो ।

टस हारेर ब्याटिङ गरेको नेपालले दुई कुशलको सानदार ब्याटिङले विजयको बाटो देखाएको थियो । कुशल भुर्तेल र कुशल मल्लले खेलमा सानदार प्रस्तुती दिलाएका थिए ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ७७ रन बनाउन सफल भएका थिए । ५५ बलको सामना गरेका उनले आठ चौका र तीन छक्का प्रहार गरे । कुशल मल्लले अविजित ५० रन बनाउँदा उपकप्तान दीपेन्द्र सिंह ऐरी ४८ रनमा नटआउट रहे ।

कुशल र दीपेन्द्रले चौथो विकेटका लागि अविजित ७७ रनको साझेदारी गरे । २० बलमा ५० बल बनाएका कुलशको टी–२० अन्तर्राष्ट्रियमा यो पहिलो अर्धशक हो । १८ बलमा ४८ रन बनाएका दीपेन्द्र भने अर्धशतक बनाउन दुई रनले चुके ।

कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३३ र आसिफ शेखले ८ बलमा १६ रन जोड्न सफल भए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *