त्रिकोणात्मक टी ट्वान्टी प्रतियोगितामा मलेसियाविरुद्ध नेपालको सानदार जित

news-details

नेपाल काठमाडौंमा जारी त्रिकोणात्मक टी ट्वान्टी प्रतियोगितामा लिग खेलको विजेता हुँदै फाइनलमा पुगेको छ ।

नेपालले मलेसियालाई लिगको अन्तिम खेलमा ६९ रनले हराएको छ । शनिबार हुने फाइनल खेलमा नेपालले नेदरल्याण्ड्सको सामना गर्नेछ ।

मलेसिया विरुद्धको खेल अघि नै फाइनलमा स्थान सुनिश्चित गरिसकेको नेपालले लिगको अन्तिम खेलमा मलेसियालाई हराएको हो । नेपालले चार खेलबाट छ अङ्क जोडेको छ । लिगमा नेदरल्याण्ड्स विरुद्धको एक खेलमा हार बेहोरेपनि पहिलो खेलमा नेदरल्याण्ड्सलाई

नौ विकेटलाई हराएको नेपालले मलेसिया विरुद्धको दुबै खेल जितेको हो ।

नेपालले प्रस्तुत गरेको २१८ रनको लक्ष्य पछ्याउँदै मलेसियाले १९ ओभर एक बलमा मात्र १४८ रन जोडन सक्यो । विशाल लक्ष्य पछ्याउने क्रममा १५ रनमै दुई विकेट गुमाएको मलेसियाले खेलमा फर्कन सकेन ।

मलेसियाको पारीमा अमीनुद्दीन राम्लेले मात्र १८ बलमा एक चौका र दुई छक्का लगाएर सर्बाधिक ४१ रनको योगदान दिए पनि जितका लागि पर्याप्त भएन । कप्तान अहमद फैजले दोस्रो सर्बाधिक ३१ रन बनाए । उनले २१ बलको सामना गर्दा चार चौका र एक छक्का लगाए ।

नेपालको बलिङमा सोमपाल कामी, सन्दीप लामिछाने र कमलसिंह ऐरीले सामान तीन तीन विकेट लिए । सन्दीपले चार ओभरमा ४२ रन खर्चिए । सोमपालले चार ओभरमा २० रन खर्चिदा कमल ऐरीले तीन ओभर एक बलमा १६ रन खर्चिए । सुशन भारीले तीन ओभरमा ३५ रन खर्चेर एक विकेट लिए ।

त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा नेपालले पुरा २० ओभर खेलेर सात विकेटको क्षतिमा २१७ रनको योगफल तयार गरेको थियो ।

ओपनर आशिफ शेष, कप्तान ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी र करण केसीले विष्फोटक पारी खेलेपछि नेपालले विशाल योगफल तयार गर्न सफल भयो ।

यसअघि नेपालले नेदरल्याण्ड्स विरुद्धको खेलमा २०६ रन बनाएर दोस्रो सर्वाधिक योगफलको कीर्तिमान बनाएको थियो । तर उक्त खेल नेपालले तीन विकेटले हार्न पुग्यो ।

नेपालको पारीमा ओपनर शेषले मात्र ३२ बलमा तीन चौका र तीन छक्कासहित ४२ रन बनाउनुभयो । कप्तान ज्ञानेन्द्र मल्लले २५ बलमा एक चौका र चार छक्काको सहयोगमा ४१ रन तथा दीपेन्द्रसिंह ऐरीले १७ बलमा ३३ रनको योगदान दिए ।

करण केसीले मात्र १३ बलमा सात छक्कासहित ४५ रनको पारी खेलेपछि नेपालले उत्कृष्ट अन्त्य दिन सफल भयो । कुशल मल्ल दश बलमा १९ रन बनाएर अविजित रहे ।

मलेसियाका लागि फित्री शाम, अनवर रहमान र सैएद अजिजले सामान दुई दुई विकेट लिए । मुहम्मद वफिकले एक विकेट लिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *