त्रिदेशीय शृङ्खला : विशाल योगफलका बाबजुत नेपाल नेदरल्याण्डसँग पराजित

news-details

त्रिदेशीय शृङ्खलामा नेदरल्याण्डले नेपाललाई ३ विकेटले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको २०७ रनको विशाल लक्ष्य नेदरल्याण्डले १९।३ ओभरमा ७ विकेटको क्षतिमा पछ्यायो ।

नेदरल्याण्डका लागि बास डी लिड नायक बने उनले ४२ बलमा ७ चौका र ५ छक्का हिर्काउँदै ८१ रन बनाए । बेन कुपरले ५५ तथा सिलरले ३१ रनको योगदान दिए । नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए ।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २०६ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६२ रनको योगदान दिए । उनले ४६ बलमा ८ चौका र १ छक्का हिर्काए । त्यस्तै, दीपेन्द्र सिंह ऐरीले ३० बलमा ६० रनको योगदान दिए । उनले यसक्रममा ३ चौका र ५ छक्का हिर्काए । सोमपाल कामी र कप्तान ज्ञानेन्द्र मल्लले क्रमशः २१ र २० रन बनाए ।

नेदरल्याण्डका लागि भिभियन किङ्मा र पिटर सिलारले २–२ विकेट लिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *