त्रिकोणात्मक टी-२० सिरिजमा नेपालको सानदार जित, मलेसियालाई ९ विकेटले हरायो

news-details

त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत मलेसियाविरुद्ध नेपालले शानदार जित हासिल गरेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ४७ बल बाँकी रहँदै मलेसियाविरुद्ध ९ विकेटको फराकिलो जित हासिल गरेको हो ।

मलेसियाले दिएको १ सय १० रनको लक्ष्य नेपालले १ विकेटको क्षतिमा ४७ बल अगावै पूरा गरेको हो । लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई आक्रामक सुरुवात दिलाएका थिए ।

भुर्तेल र आसिफले १०२ रनको ओपनिङ साझेदारी गरेका छन् । आसिफ शेखले २९ बलको सामना गर्दै एक छक्का र ४ चौकासहित ४२ रन बनाएका छन् भने भुर्तेलले ६१ रन बनाउन सफल भएका छन् । भुर्तेलको यो लगातार दोश्रो अर्धसतक हो । त्यस्तै, दीपेन्द्र सिंह ऐरीले अविजित ६ रन बनाउन सफल भएका छन् ।

यसअघि भएको व्याटिङमा नेपालले मलेसियालाई १६.५ ओभरमा अलआउट गर्दै १०९ रनमा सीमित पारेको थियो । मलेसियाको व्याटिङ ध्वस्त बनाउने क्रममा करण केसीले ३, सन्दिप लामिछानेले २ र सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, शहव अलाम र कुशल मल्ले १-१ विकेट लिएका थिए ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *