त्रिदेशीय कप फुटबल : बंगलादेशलाई २-१ ले हराउदै नेपालले उचाल्यो उपाधी

news-details

त्रिदेशीय कप फुटबलको उपाधी नेपालले उचालेको छ । योसँगै ३७ वर्षपछि नेपालले घरेलु मैदानमा उपाधी जित्न सफल बनेको छ ।

भर्खरै दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

नेपालका लागि १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा विशाल राईले गोल गरेका थिए भने बंगलादेशले ८१ औं मिनेटमा गोल फर्काएको थियो ।

कीर्गिस्तान, नेपाल र बंगलादेश सहभागी खेलको फाइनलमा शीर्ष दुईमा रहेका टोली पुगेका हुन् ।

प्रधानमन्त्री ओलीले बल रेफ्रिलाई हस्तान्तरण गर्दै फाइनल खेलको उद्घाटन गरेका थिए ।

समूह चरणका खेलमा बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *