थ्री नेशन्स कप : नेपाल किर्गिस्तानसँग गोलरहित बराबरीमा रोकियो

news-details

किर्गिस्तानले नेपाललाई गोलरहित बराबरीमा रोकेको छ । थ्री नेशन्स कप फुटबल प्रतियोगिता अन्तगर्तको दोस्रो खेलमा नेपाल किर्गिस्तान बिरुद्ध ०–० को बराबरी खेलेको हो । दुबै टोलीले अङ्क बाँड्दा फाइनलमा पुग्ने टोलीको टुंगो नेपाल र बङ्गलादेशबीच शनिबार हुने खेलबाट निर्धारण हुनेछ । प्रतियोगिता अन्तगर्तको पहिलो खेलमा किर्गिस्तानलाई १–० ले हराएको बङ्गलादेश भने फाइनलमा स्थान सुनिश्चित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङशालामा बिहीबार सम्पन्न खेलमा नेपालले आधा दर्जनभन्दा बढी उत्कृष्ट अबसर खेर फालेको थियो । खेलको सुरुवातमै तेज तामाङको फ्रिकिकमा अञ्जन विष्टको हेडर पोष्ट नजिकैबाट बाहिरिएपछि नेपालले चौथो मिनेटमै अग्रता लिने अबसर खेल फाल्यो । ९ औं मिनेटमा त्रिदेव गुरुङको कर्नरमा अनन्त तामाङको हेडर बाहिरियो । १४ औं मिनेटमा अञ्जन विष्टको क्रस पोष्टमा लागेर उछिट्टिन पुग्दा किर्गिस्तानका डिफेन्डरले पुर्नप्रहारबाट जोगाए । पहिलो हाफसम्म आधा दर्जन पटक नेपालले गोल गर्ने अबसर पायो तर सदुपयोग गर्न सकेनन ।

दोस्रो हाफमा अभिषेक रिजाललाई लडाएपछि किर्गिस्तानका कप्तान रातो कार्ड खाएर बाहिरिन पुग्नुभयो । तासिभ कामोलिदिनलाई म्याच रेफ्री क्रिष्टल जोनले दोहोरो पहेंलो कार्ड देखाउँदै मैदान बाहिर पठाउनुभयो । खेल सकिन तीन मिनेट मात्रै बाँकी रहँदा अर्का खेलाडी घाइते हुन पुग्दा किर्गिस्तान नौ खेलाडीमा सीमित हुन पुग्यो । उक्त रिक्ततालाई समेत नेपालले सदुपयोग गर्न सकेनन । घरेलु दर्शकको साथ र समर्थन पाएको पहिलो खेलमा नेपालले गोल गर्ने आधा दर्जनभन्दा बढी अबसर सृजना गरेपनि राम्रो अन्त्य दिन सकेनन ।

शनिबार हुने खेलमा नेपालले बङ्गलादेशलाई बराबरीमा रोकेको अवस्थामा फाइनलमा पुनः बङ्गलादेशसँगको भेट सुनिश्चित गर्नेछ । तर नेपालले १–० भन्दा बढी गोल अन्तरले हार बेहोरेको स्थितिमा किर्गिस्तानले फाइनलमा बङ्गलादेशको सामना गर्नेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *