त्रिदेशीय फुटबलमा बंगलादेशको विजयी सुरुवात

news-details

त्रिदेशीय फुटबलमा बंगलादेशले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार कीर्गिस्तानको यू–२३ टिमलाई १–० ले पराजित गर्दै बंगलादेशले सुखद सुरुवात गरेको हो ।

बंगलादेशको जितमा आत्मघाती गोल निर्णायक बन्यो । कीर्गिस्तानका कुमारवज उलु बैमानले खेलको ३० औं मिनेटमा बंगलादेशका मोहमद साद उडिनको क्रस क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा गोल गरे । खेलको इन्जुरी समयमा कीर्गिस्तानले गोलको अवसर पाए पनि गोलमा रुपान्तरण गर्न सकेन । खेलमा बंगलादेशका सोहेल राना म्यान अफ दि म्याच चुनिए ।

नेपालको पहिलो भिडन्त कीर्गिस्तानसँग चैत १२ गते बिहीबार हुनेछ । त्यस्तै नेपालले बंगलादेशसँग चैत १४ गते शनिबार खेल्नेछ । राउण्ड रोबिन लिगको आधारमा शीर्ष दुई टिमले चैत १६ गते सोमबार हुने फाइनलमा उपाधिका लागि खेल्ने छन् । उपाधि विजेताले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछ । तीनै देशका खेलाडी तथा कप्तानहरुले उपाधि जित्ने दाबी गरेका छन् ।

यसैबीच, प्रतियोगिता हेर्न जाने दर्शकका लागि मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले विज्ञप्ति जारी गर्दै त्रिदेशीय फुटबल हेर्न दर्शकलाई मास्क र सेनिटाइजर अनिवार्य गरेको हो । कोरोना भाइरसको महामारीको खतरा देखिएको उल्लेख गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार मास्क र सेनिटाइजर अनिवार्य गरिएको एन्फाले जनाएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *