महिला फुटबल टोलीको प्रशिक्षकमा फिलिप्स नियुक्त

news-details

एजेन्सी । नेपाली महिला राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा अष्ट्रेलियाका ग्यारी फिलिप्सलाई नियुक्त गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले फिलिप्सलाई प्रशिक्षकमा नियुक्त गरेको हो ।

यसअघि एन्फाको पाँच सदस्यीय प्राविधिक समितिले फिलिप्सलाई प्रशिक्षकका लागि प्रस्ताव गरेको थियो । फिलिप्स अहिले एन्फाको प्राविधिक निर्देशकका रुपमा कार्यरत हुनुहुन्छ ।

गत वर्ष नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) पछि महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्काले राजीनामा दिएपछि उक्त पद रिक्त थियो । खड्का हाल एन्फाको महिला फुटबल विभाग प्रमुखका रुपमा कार्यरत हुनुहुन्छ ।

यस्तै एन्फाले महिला साफ च्याम्पियनसिप र एएफसी महिला एशियन कप छनोट खेलको तयारीका लागि महिला टिमको बन्द प्रशिक्षण छिट्टै शुरु गर्ने जनाएको छ ।

एन्फाले गत माघ ७ देखि फागुन ७ गतेसम्म पहिलो पटक महिला फुटबलको डबल राउण्ड रोविन लिग आयोजना गरेको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी बन्द प्रशिक्षणका लागि छनोट गरिने एन्फाले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *