आइपीएल अक्सनमा सन्दीप मात्र छानिए, न्यूनतम मूल्य ४० लाख भारु

news-details

इन्डियन प्रिमियर लिग (आईपीएल)को चेन्नाईमा हुने अक्सनमा नेपालबाट सन्दीप लामिछाने मात्रै छनोट भएका छन् ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले बिहीवार सार्वजनिक गरेको सूचीमा नेपालबाट सन्दीप मात्र परेका हुन् । यही फेब्रुअरी १८ मा हुने आईपीएल अक्सनका लागि नेपाल क्रिकेट संघ (क्यान)ले ८ नेपाली खेलाडीको नाम सिफारिस गरेको थियो ।

प्रारम्भिक सूचीमा नेपालबाट सन्दीपसहित दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषावकर र अभिनास बोहराको नाम दर्ता भएको थियो । बीसीसीआईको सूचीमा विश्वभरबाट २ सय ९२ खेलाडी परेका छन् ।

अक्सनका लागि १ हजार १ सय १४ जनाको नाम दर्ता भएकोमा २९२ लाई अक्सनका लागि सूचीकृत गरिएको बीसीसीआईले जनाएको छ ।

नेपालबाट सूचीमा परेका सन्दीपको न्यूनतम मूल्य ४० लाख भारु तोकिएको छ । यसअघि सन्दीपले दिल्ली क्यापिटल्स टिमबाट आइपीएलका तीन सिजन खेलिसकेका छन् । सन्दीपले दिल्लीबाट तीन सिजनमा कुल ९ खेलमा १३ विकेट लिएका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *