‘पहिलो गिरिजाप्रसाद कोइराला फाइभ ए साइड फुटसल प्रतियोगिता’को उपाधी एसजिएसजे समूहलाई

news-details

शहिद दिवसको अवसरमा आयोजित ‘पहिलो गिरिजाप्रसाद कोइराला फाइभ ए साइड फुटसल प्रतियोगिता’को बिजेता एसजिएसजे समूह बनेको छ ।

गत माघ १६ गते मण्डिखाटारस्थित कान्तिपुर फुटसल एण्ड ट्रेनिङ सेन्टरमा सम्पन्न प्रतियोगितामा किमकङ स्पोर्टस क्लब बीलाई पराजित गर्दै एसजिएसजे समूह बिजेता बनेको हो ।

प्रतियोगितामा बिजेता बनेको एसजिएसजे समूहले नगद ३० हजारसहित प्रमाणपत्र, मेडल र शिल्ड हात पारेको छ भने उपविजेता बनेको किमकङ स्पोर्टस क्लब बीले प्रमाणपत्र, मेडल र शिल्ड प्राप्त गरेका छन ।

गिरिजाप्रसाद फाउण्डेशनको युवा समितिद्धारा आयोजित प्रतियोगितामा कूल १५ टिम समावेश रहेको समितिका संयोजक गुणराज प्याकुरेलले जानकारी दिए । उनले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवादसमेत ज्ञापन गरे ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *