प्रधानमन्त्री कप क्रिकेट : एपीएफलाई हराउँदै आर्मी च्याम्पियन

news-details

त्रिभुवन आर्मी क्लबले चौंथो संस्करण प्रधानमन्त्री कप पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा अर्को विभागीय टिम एपीएफ क्लबलाई ३३ रनले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो ।

टियु क्रिकेट मैदानमा आर्मीले दिएको २ सय १२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको एपीएफ ४१ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७८ रनमा समेटियो ।

एपीएफका लागि आसिफ शेखले ६१ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीको हार टार्न सकेनन् । उनले ७१ बलमा ६१ रन जोड्दै खराब सुरुवात गरेको एपीएफको इनिङ्स उकासेका थिए । शंकर रानाले २१ रन जोड्दा सुमित महर्जनले १९ रन बनाए ।

सुवास खकुरेल १४ रनमा आउट हुँदा कप्तान शरद भेषवाकर सुन्य रनमा आउट भए । सन्दीप जोराले २९ रन जोड्दा भुवन कार्की ९ रनमा आउट भए ।कमल ऐरी २, अमर रौटेला १ र अविनास बोहोरा सुन्य रनमा आउट भए ।

आर्मीका जितेन्द्र मुखिया, बिक्रम सोब र शाहब आलमले ३र३ विकेट लिए । सुशन भारीले १ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभर ९ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो । आर्मीका लागि हरी चौहानले सर्वाधिक ५८ रनको अर्धशतकीय इनिङ्स खेले ।

राजेश पुलामीले २८ रन बनाउदा लोकेश बमले १५ रन बनाए । यस्तै शाहब आलम २५ रन जोड्दै अविजित रहे ।मध्यम सुरुवात गरेका आर्मीका सुशन भारी र रोहित पौडेल समान १३र१३ रन जोड्दा आउट भए ।अनिल मण्डल र बिक्रम शोब समान ११-११ रनमा आउट हुँदा कप्तान विनोद भण्डारी ७ रन जोडेर पेभेलियन फर्किए ।

एपीएफका अविनास बोहोराले २ मेडनसहित २५ रन खर्चिएर ४ विकेट लिए ।किशोर महतोले २ तथा कमल ऐरी, शरद भेषवाकर र भुवन कार्कीले १र१ विकेट लिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *