‘एनएनआइपिए स्पोर्टस अवार्ड’ फागुन आठ गते हुने

news-details

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ एनएनआइपिएले आगामी फागुन आठ गते मध्यपुर थिमिमा एनएनआइपिए स्पोर्टस अवार्ड गर्ने भएको छ ।

सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीलाई अवार्ड सहित जनही एक एक लाख प्रदान गरिनेछ । यो पटक राइजिङ प्लेयर विधा थपिएको एनएनआईपिएले बताएको छ । एक पुरूष र महिला खेलाडीलाई ५० हजार सहित यो अवार्ड प्रदान गरिनेछ ।

यो पटक १३ औ दक्षिण एसियाली खेलकुद सागमा समावेश २६ खेलका पुरूष र महिला खेलाडीलाई उत्कृष्ट खेलाडीको अवार्डबाट सम्मान गरिनेछ । १३ औ सागमा समावेश २६ खेलका एक खेलाडीको नाम सम्बन्धित संघले उपलब्ध गराउनेछ । सोही अनुसार अवार्ड प्रदान गरिनेछ ।

प्रतिभावान पुरूष र महिला खेलाडी लाई सम्मान सहित ५०/५० हजार प्रदान गरिनेछ । यी सबै अवार्ड गत वर्षको खेलाडीहरूको प्रदर्शनको आधारमा तय हुनेछ । संघहरूले उपलब्ध गराएको २६ संघका २६ खेलाडीबाटै बाटै यी अवार्ड प्रदान गरिनेछ ।

यसैगरी गजराज जोशी आदर्श व्यक्तित्वबाट एक जना र एक खेलकर्मीलाई पनि यो अवार्डमा सम्मान गरिनेछ । योपटक मध्यपुर थिमि नगरपालिका स्थानिय आयोजक रहनेछ । सम्पुर्ण आयोजनाको पक्षमा सघाउने छ । यसअघि पनि यो अवार्ड भक्तपुर, पाटन टोखा वसन्तपुरमा भएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *