बार्सिलोनालाई हराउँदै एथ्लेटिक बिल्बाओलाई सुपरकपको उपाधि, मेस्सीले पाए करियरकै पहिलो रातो कार्ड
- सोमवार, ५ माघ, २०७७
- 0

एजेन्सी / एथ्लेटिक बिल्बाओले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा बार्सिलोनालाई अतिरिक्त समयमा तीन दुई गोल अन्तरले पराजित गर्दै बिल्बाओ च्याम्पियन बनेको हो ।
निर्धारित समय दुई–दुई गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । निर्धारित समयमा बार्सिलोनका एन्टोनी ग्रीजम्यानले दुई तथा बिल्बाओका ओस्कार डी मार्कोस र इजर भिलालिब्राले एक–एक गोल गरे ।
अतिरिक्त समयमा इनाकी विलियम्सले गोल गर्दै बिल्बाओलाई जित दिलाए । अतिरिक्त समयमा लियोनल मेस्सीले रातो कार्ड पाए पछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो । भिलालिब्रालाई फाउल गरेपछि मेस्सीले रातो कार्ड पाएका हुन् ।
बार्सिलोनाको फुटबल करियरमा मेस्सीको यो पहिलो रातो कार्ड हो । मेस्सी यसअघि दुईपटक रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । ती दुवै समय उनले राष्ट्रिय टिमबाट खेलेका थिए ।