ला लिगा : बार्सिलोना एइवरसँग बराबरीमा रोकियो

news-details

एजेन्सी / स्पेनिस ला लिगामा बार्सिलोना बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा बार्सिलोना एइवरसँग एक–एक गोलको बराबरीमा रोकिएको हो ।

खेलमा एइवरका लागि किके गार्सिया र बार्सिलोनका ओस्मान डेम्बेलेले गोल गरे । बराबरीले १५ खेलबाट २५ अंक जोडेको बार्सिलोना अंकतालिकाको छैटौं स्थानमा छ । एइवर १६ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

राति नै भएका खेलमा भिल्लारियलले सेभिल्लालाई २-० र लेभान्टेले रियल बेटिसलाई ४-३ गोल अन्तरले हराएको छ । त्यस्तै कार्डिज र रियल भालाडोडिले गोलरहीत बराबरी खेलेर अंक बाँडेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *