प्रधानमन्त्री कप क्रिकेटको प्रत्यक्ष प्रसारण डिश होमबाट

news-details

प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिश होमले गर्ने भएको छ ।

क्रिकेट एसोसियसन अफ नेपाल (क्यान) संगको एक सम्झौता पछि डिश होमले खेलको प्रत्यक्ष प्रसारण गर्ने भएको क्यानले जनाएको छ ।

क्यानका अध्यक्ष चतुर बहादुर चन्दले डिशहोमको च्यानल एक्शन स्पोर्ट्स एचडिबाट प्रतियोगिता अवधिभरको सबै खेल प्रसारण गर्ने सम्झौता भएको बताउनु भयो । खेल प्रत्यक्षक प्रसारण गर्न तोकिएको सम्झौता रकम भने उल्लेख गर्न नमिल्ने उहाँले बताउनु भयो ।

महिला टोलीको खेल भोलि बिहान ९ बजेदेखि दाङ्गको लमहीमा आयोजना हुदै छ । २ समुहमा खेल टोलि विभाजन गरिएको प्रतियोगिता पौष १९ गते सम्म हुने अध्यक्ष चन्दले बताउनु भयो ।

प्रतियोगितामा समूह ‘ए’ मा एपीएफ,प्रदेश २ ,कर्णाली प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् भने समुह ‘बी’ मा सुदुर पश्चिम प्रदेश ,बागमती प्रदेश,गण्डकी प्रदेश र प्रदेश १ रहेका छन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *