युएईमा हुने टी-१० लिगमा करण, सोमपाल र कुशलले खेल्ने

news-details

नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले आगामी संस्करणको टी-१० लिग क्रिकेट खेल्ने भएका छन् ।

करण केसी, सोमपाल कामी र युवा ब्याट्सम्यान कुशल मल्ललाई तीन फरक टोलीले ड्राफ्टबाट अनुबन्ध गरेका हुन् ।

करणलाई पुणे डेभिल्सले टोलीमा अनुबन्ध गरेको हो भने सोमपाललाई टिम अबुधाबी तथा कुशललाई मराठा अरेबियन्सले अनुबन्ध गरेका हुन् ।

तीनैजना खेलाडीको यो पहिलो विदेशी लिगमा अनुबन्ध हो । विदेशी लिगमा अनुबन्धित हुने उनीहरु तेस्रो, चौथो र पाँचौ खेलाडी हुन् । यसअघि सन्दीप लामिछानेले विभिन्न विदेशी लिगहरु खेलिसकेका छन् भने पूर्वकप्तान पारस खड्काले अघिल्लो संस्करणको टी-१० लिग खेलेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *