राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका ह्वाटमोर नियुक्त

news-details

अष्ट्रेलियन डेभ ह्वाटमोर नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक नियुक्त भएका छन । उनी विश्व क्रिकेटका हाइ प्रोफाइल प्रशिक्षक हुन । उनको नेतृत्वमा श्रीलंका सन १९९६ मा विश्व कप क्रिकेटको उपाधि जितेको थियो ।

जनवरी एक तारिखदेखि लागु हुने गरी आगामी एक वर्षको लागि उनलाई नियुक्त गरिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

यसअघिका प्रमुख प्रशिक्षक उमेश पटवाल गत् माघ महिनामा राजिनामा गरेपछि प्रमुख प्रशिक्षक पद रिक्त रहेको थियो । प्रमुख प्रशिक्षकका लागि गरिएको आवेदन आव्हानमा विश्वभरिबाट करिब ७७ जनाले आवेदन दिएका थिए ।

जसमध्ये दक्षिण अफ्रिका अलराउण्डर लान्स क्लुजनर, भारतका चेतन चौहान र श्रीलङ्काका पुबुदु दसानायके हुनुहुन्थ्यो । क्यानले अन्तिम तीन जनाको नाम सिफारिश गर्दा व्हाटमर, दसानायके र भारतीय एकजनालाई क्यान समक्ष सिफारिश गरेको थियो ।

६६ वर्षिय देव ह्वाटमोर श्रीलंकामा जन्मिएका अष्ट्रेलियन नागरिक हुन । उनी नेपाल आउने अहिलेसम्मकै हाइ प्रोफाइल प्रशिक्षक पनि हुन । पछिल्लो पटक भने उनी सिंगापुरका प्रशिक्षक थिए ।

यसअघि उनी टेष्ट मान्यता प्राप्त राष्ट्र बङ्गलादेश, पाकिस्तान र जिम्बाब्वेको पनि प्रशिक्षक रहेका थिए । नेपालमा क्रिकेटका प्रतिभाशाली खेलाडी रहेको र यीनै खेलाडीसँग नयाँ च्यालेन्ज लिन उत्साही भएको बताएका छन ।

नेपालको क्रिकेटको जग राख्ने काम श्रीलंकन प्रशिक्षक रपय डायसलरले गरेका थिए भने अर्का श्रीलंकन प्रशिक्षक पुबुदु दासानायकेले डिभिजन टु र विश्वकपसम्म पुर्याउदै सफलता दिलाएका थिए । अहिले नेपाल ओडिआई राष्ट्र हो । हाई प्रोफाइल प्रशिक्षककोसाथले नयाँ उचाइ लिने विश्वास गरिएको छ ।

यस्तै नेपाली टिमका पुर्व कप्तान तथा महिला टिमका प्रशिक्षक बिनोद दास टिम म्यानेजर नियुक्त भएका छन भने रौनक बहादुर मल्ल क्यानको जनरल मेनेजरमा र रमेशकुमार न्यौपाने चिफ फाइनान्स अफिसरमा नियुक्त भएका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *