सन् २०३० को एसियन गेम्स कतारले आयोजना गर्ने

news-details

एजेन्सी / कतारले सन् २०३० को एसियन गेम्स आयोजनाको जिम्मा पाएको छ । ओमानको मस्कटमा भएको एसियन ओलम्पिक परिषद् ‘ओसीए’को साधारण सभाले कतारलाई मतदान मार्फत आयोजनाको जिम्मेवारी दिएको हो ।

ओलम्पिक काउन्सिल अफ एसियाका अध्यक्ष शेख अहमद फाद अल अहमद अल सबाहले सन् २०३० को एसियन गेम कतारले आयोजना गर्न पाउने निर्णय सुनाएका हुन् । भोटिङका आधारमा कतारले साउदी अरेबियालाई पछि पार्दै एसियन गेम्सको जिम्मा पाएको हो ।

सन् २०३४ को एसियन गेम्सको जिम्मा भने साउदी अरेबियाले पाएको छ । सन् २०३४ को एसियन गेम्स रियादमा हुनेछ । साउदी अरब र कतारबीच लामो समय चलेको राजनीतिक विवादका बीच खेल हुने स्थानको निर्धारण मतदानबाट भएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *