स्पानिस ला लिगामा बार्साद्वारा सेल्टा भिगो पराजित

news-details

युवा स्टार अंशु फातीले लगातार दोस्रो खेलमा पनि गोल गर्दा स्पानिस ला लिगामा बार्सिलोनाले शानदार जित हात पारेको छ ।

बिहीबार राति भएको खेलमा बार्सिलोनाले सेल्टाभिगोलाई ३–० गोलअन्तरले पराजित गरेर जिल निकालेको हो ।

फातीले फिलिपे काउन्टिन्होको पासमा गोल गर्दै खेलको ११औं मिनेटनमा बार्सिलोनालाई अग्रता दिलाएका थिए । यो सिनज दुई खेलमा उनको यो तेस्रो गोल हो ।

तर, क्लेमेन्ट लेङलेटले दोस्रो पहेंलो कार्ड पाएपछि पहिलो हाफको अन्त्यमा रोनाल्ड कोम्यानको टोली १० खेलाडीमा सिमित बन्यो ।

खेलको दोस्रो हाफमा लुकास ओलाजाले आत्मघाती गोल गरेपछि बार्सिलोनाको अग्रता दोब्बर बन्यो । खेलको अन्त्यतिर सर्जी रोबर्टोले तेस्रो गोल गर्दै बार्सिलोनको जीत सुनिश्चित गरे ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *