आईपीएल : दिल्ली क्यापिटल्सलाई १५ रनले हराउँदै सनराईजर्स हैदराबाद विजयी

news-details

इन्डियन प्रिमियर लिग (आईपीएल टी-ट्वान्टी) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा सनराईजर्स हैदराबाद विजयी भएको छ ।

यूएईको शेख जायद रंगशालामा भएको खेलमा दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्दै हैदराबादले प्रतियोगितामा आफ्नो पहिलो जित हात पार्‍यो । टस हारेपछि ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १६२ रन बनाउन सफल भयो ।

१ सय ६३ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रेको दिल्लीले सात विकेट गुमाउँदै १ सय ४७ रन मात्र जोड्न सक्यो । हैदराबादको जितमा कप्तान डेभिड वार्नरले ४५ रन र जोनी बेयरस्टोले ५३ रनको योगदान गरे ।

हालसम्म तीन खेल खेलेको हैदराबाद यसअघिका दुई खेलहरूमा पराजित भएको थियो भने नेपाली लेग स्पीनर सन्दीप लामिछाने आबद्ध दिल्ली यसअघिका दुवै खेलमा विजयी भएको थियो ।

सन्दीप भने हिजोको खेलमा पनि प्लेयिङ इलेभेनभित्र परेनन् । यसैबीच आईपीएलअन्तर्गतको बाह्रौँ खेलमा आज राजस्थान रोयल्स तथा कोलकाता नाईट राईडर्सबीच प्रतिस्पर्धा हुँदैछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने उक्त खेल नेपाली समयानुसार साँझ ७ बजेर ४५ मिनेटमा शुरू हुनेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *