मेस्सी बने सर्वाधिक कमाई गर्ने फुटबलर

news-details

बार्सिलोनाका लियोनल मेसी सन् २०२० मा फुटबलमा सर्वाधिक कमाउने खेलाडी भएका छन् । फोब्र्स म्यागजिनले सोमबार सार्वजनिक गरेको सूची अनुसार अर्जेन्टिनाका मेस्सी सर्वाधिक कमाई गर्ने फुटबलर बनेका हुन् ।

उनले गत वर्ष १२ करोड ६० लाख डलर कमाइ गरेको फोब्र्सले जनाएको छ । गत वर्ष युभेन्टसका क्रिस्टियानो रोनाल्डो सर्वाधिक कमाउने खेलाडी रहेका थिए । यो वर्ष उनी ११ करोड ७० लाख डलर कमाइसँगै दोस्रो स्थानमा छन् ।

पीएसजीका नेयमार ९ करोड ६० लाख डलर आम्दानी सहित तेस्रो स्थान र पीएसजीकै केलियन एम्बापे ४ करोड २० लाख डलर आम्दानी सहित चौथो स्थानमा परेका छन् ।

सर्वाधिक कमाउने फुटबल खेलाडीको सूचीमा इंग्लिस प्रिमियर लिगका तीन खेलाडी मोहम्मद सलाह, पउल पोग्बा र डेविड डि गेया पनि परेका छन । शीर्ष दसमा रियल मड्रिडका फरवार्ड गेराथ बेलपनि अटेका छन् ।

त्यस्तै बार्सिलोनाका एन्टोनियो ग्रिजम्यान र बायर्न म्युनिखका रोबर्ट लेवनडोस्की पनि बढि कमाइ गर्ने दशको सूचीमा परेका छन् ।
एजेन्सी

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *