सीपीएलको उपाधि ट्रिन्बागो नाइट राइडर्सले जित्यो

news-details

क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटको उपाधि ट्रिन्बागो नाइटराइडर्सले जितेको छ । गएराति ब्रायन लारा क्रिकेट एकेडेमी ट्रिनिडाडमा भएको फाइनल खेलमा ट्रिन्बागोले सेन्ट लुसिया जोउक्सलाई ८ विकेटले पराजित गरेको हो ।

टस हारेर पहिला ब्याटिङमा तानिएको जोउक्सले ५ बल बाँकी छँदै सबै विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । उसका लागि आन्द्रे फ्लेचरले ३९ र मार्क डेयलले २९ रन बनाए ।

जवाफी ब्याटिङ गरेको ट्रिन्वागो नाइट राइडर्सले १८ दशमलब १ ओभरमा २ विकेट गुमाएर १ सय ५७ रन बनाउँदै लक्ष्य पार गर्‍यो । प्रतियोगितामा खेलेका सबै खेल जितेर आएको एक मात्रै टिम ट्रिन्बागोलाई उपाधि दिलाउने क्रममा लेन्डल सिमोन्सले आउट नभई सर्वाधिक ८४ रनको योगदान गरे । ड्यारेन ब्राभो ५८ रनमा अविजित रहे ।

प्रतियोगिताको सेमिफाइनलमा ट्रिन्बागोले नेपाली लेग स्पिनर सन्दिप लामिछाने आवद्ध जमैका तलावासलाई पराजित गरेको थियो । जोउक्सले भने गुयना अमेजन वारियर्सलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *