जमैका हारेको खेलमा सन्दीपको किफायती बलिङ

news-details

ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)अन्तर्गत आइतबार राति भएको खेलमा नेपाली खेलाडी सन्दीप लामिछानेले किफायती बलिङ गरेका छन् । सेन्ट लुसिया जोउक्ससितको खेलमा उनले एक विकेट लिएका छन् । यद्यपि समूह चरणको अन्तिम खेलमा सन्दीप आबद्ध जमैका तलावाज भने सेन्ट लुसियासित ११ रनले पराजित भएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको सेन्ट लुसियाले ६ विकेट गुमाएर १४५ रन बनाएको थियो । एक सय ४६ रनको लक्ष्य पछ्याएको जमैकाले भने ९ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो ।

जमैकाका लागि प्रारम्भिक ब्याट्सम्यान ग्लेन फिलिप्सले ४९ रन बनाए पनि अरुको खेल प्रदर्शन निराशाजनक रह्यो । जेमेन ब्ल्याकवुडले २५ तथा निकोलास किटोनले पनि २५ रनको योगदान दिए । यस्तै चाडविक वाल्टनले १० रन जोडे । बलिङतर्फ जाहिर खान र जेवलिन ग्लेनले तीनतीन तथा केसरिक विलियम्सले एक विकेट लिए ।

यसअघि प्रारम्भमा ब्याटिङ गर्न पुगेको सेन्ट लुसियाका लागि नजिबुल्लाह जादरानले ३५, रहकेस कार्नवालले ३२, रोस्टोन चेसले ३२ तथा मार्क दयालले १३ रन बनाए ।

बलिङतर्फ जमैकाका लागि सन्दीप लामिछानेले रखिम कर्नवेलको विकेट लिएका हुन् । सन्दीपले सो खेलमा चार ओभर बलिङ गर्दै एक मेडन राखेर मात्र २० रन खर्चिए । सन्दीपले हालसम्म १० खेलमा १२ विकेट लिएका छन् ।

जमैकाले अब सेमिफाइनल खेल मङ्गलबार ट्रिबागो नाइट राइडर्ससित खेल्नेछ ।
-रासस

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *