क्यारेबियन प्रिमियर लिग सिपिएल टी–२० क्रिकेट प्रतियोगितामा नेपाली लेगस्पीनर सन्दीप लामिछाने सहभागि टोली जमैका तलवाज सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ ।
आफ्नो खेलमा एक अंक हासिल पारेको जमैकाले शुक्रबार विहान बार्बेडोस पराजित भएसँगै सेमिफाइनलमा स्थान बनाएको हो । बिहिबार जमैका र सेन्ट किट्स बीचको खेल वर्षाले नतिजाविहिन भएपछि दुवै टिमले १-१ अंक बाँडदै जमैकाले लिग अंक तालिकामा ७ अंक जोडेको थियो ।
लिग अन्तर्गत शुक्रबार बिहान सम्पन्न लिगको २६ औं खेलमा गायना अमेजन वारियर्सले बार्बेडोस ट्राइडेन्टलाई ६ विकेटले पराजित गरेसँगै सन्दीपको टिम जमैका दुई खेल अघिनै सेमिफाइनल पुग्न सफल रह्यो ।
सेमीफाइनलमा पहिलो स्थानमा रहँदै ट्रिनबागो नाइटराइडर्स, गायना अमेजन वारियर्स, सेन्ट लुसिया जुक्स र जमैकाले स्थान पक्का गरेको छ । लिगको पहिलो सेमीफाइनल सेप्टेम्बर ८ मा अंकतालिकाको पहिलो स्थानमा रहने टिम ( ट्रिनबागो) र चौथो स्थानमा रहने टिम बीच खेलिनेछ ।
दोश्रो सेमीफाइनल सेप्टेम्बर ९ तारिक बिहान अंकतालिकामा दोश्रो र तेश्रो हुने टिम बीच प्रतिष्पर्धा हुने छ ।
जमैकाको दुई खेल बाँकी भएकाले अहिलेनै कुन टिमसँग सेमिफाइनलमा प्रतिष्पर्धा गर्ने भन्ने तय हुन बाँकी छ।








