पाकिस्तानले गएराति म्यानचेष्टरमा भएको तेस्रो अन्तिम टी–ट्वान्टी खेलमा इङ्ग्ल्याण्ड विरुद्ध ५ विकेटको सानदार जित हासिल गरेसँगै तिन खेलको सिरिज बराबरीमा सकिएको छ ।
यी दुईको पहिलो टि ट्वेन्टी खेल वर्षाका कारण रद्ध भएको थियो भने दोस्रो खेल इङ्ल्याण्डले ५ विकेटले जितेको थियो ।
गएराति सकिएको अन्तिम खेलमा पहिला ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९० रन बनाएको थियो । उसका लागि मोहम्मद हफिजले सर्वाधिक नटआउट ८६ रन बनाए । हैदर अलीले ५४ र कप्तान बाबर अजामले २१ रनको योगदान गरे ।
१ सय ९१ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा आएको इङ्ल्याण्ड ८ विकेट गुमाउँदै १ सय ८५ रनमा समेटिपछि पाकिस्तान विजयी भयो । इङ्ल्याण्डका मोइन अलीले सर्वाधिक ६१, टम बान्टनले ४६ र साम बिलिङ्सले २६ रन जोडेका थिए ।








