आइपीएल युएईमा हुने पक्का, सेप्टेम्बर १९ मा शुरु

news-details

इन्डियन प्रिमियर लिग आइपिएल० क्रिकेटको यो सिजन आउँदो सेप्टेम्बर १९ देखि संयुक्त अबर इमिरेट्स (युएई) मा हुने पक्का भएको छ ।

आइपिएल आयोजकले भारत बाहिर युएईमा प्रतिस्पर्धा गर्ने पुष्टि गरेको हो । फाइनलसहित आइपिएलका ५३ खेलहरु युएईका दुबई, शारजहा र अबधाबी हुनेछन् । यस्तै आइपिएलको प्ले–अफ खेलहरु हुने हप्ता तीन टिम सहभागी महिला टी–ट्वेन्टी च्यालेन्ज पनि हुनेछ।

तर केही शीर्ष महिला खेलाडीले सो च्यालेन्जको समयलाई लिएर आलोचना गरेका छन् । सोही समयमा अस्ट्रेलियामा महिला बिग बास लिग हुनेछ । महिला बिग बास लिग अक्टोबर १६ देखि सुरु हुने तय भएको छ ।

युएईमा यसअघि सन् २०१४ मा आइपिएलका खेलहरु भएका थिए । भारतमा चुनाव भएका कारण त्यसवर्ष आइपिएलका झण्डै आधा खेल युएईमा भएका थिए । यो वर्ष भने कोरोना भाइरसको महामारीका कारण आइपिएल युएईमा हुन लागेको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *