राखेपको सदस्य सचिवमा पुन : सिलवाल नियुक्त

news-details

सरकारले राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिवमा पुन : रमेश कुमार सिलवाल नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सिलवाललाई दोश्रो कार्यकालका लागि नियुक्त गरेको हो ।

युवा तथा खेलकुद मन्त्रालयले बनाएको सिफारिस समितिले मन्त्रालयमा सिलवासहित राष्ट्रिय महिला भलिबल टोलीकी पूर्वकप्तान अन्जु श्रेष्ठ र नेपाल भलिबल सङ्घका पूर्वउपाध्यक्ष लिलबहादुर थापाको नाम सिफारिस गरेको थियो ।जसमध्ये सिलवाललाई सरकारले सदस्य सचिव चयन गरेको हो ।

सिलवालको कार्यकाल ४ वर्षको हुनेछ । यस्तै राखेपको उपाध्यक्षमा शिव कोइराला नियुक्त भएका छन् । नेपाल खेलकुद महासंघका सहसंयोजक रहेका कोइराला नेपाल तेक्वान्दो यनियनका अध्यक्षसमेत हुन् ।

२०७६ असार २३ गते राखेपको १८औं सदस्य सचिव बनेका सिलवाल नयाँ खेलकुद ऐन लागु भएपछि २०७७ साल असार १७ गते पदमुक्त भएका थिए । सिलवाल पदमुक्त भएपछि खेलकुद मन्त्रालयले मन्त्रालयका खेलकुद महाशाखा प्रमुख भक्त बहादुर ढकाललाई राखेपको कार्यवाहक सदस्य सचिवको जिम्मेवारी दिएको थियो ।

नयाँ ऐनअनुसार खुल्ला प्रतिस्पर्धा र योग्यताका आधारमा सदस्य सचिव चयन हुने भएपछि सिलवालले पनि आवेदन दिएका थिए । यसअघि राजनीतिक नियुक्तको रुपमा सदस्य सचिव चयन हुँदै आएको थियो भने पहिलो पटक खुल्ला प्रतिस्पर्धाको आधारमा सदस्य सचिव चयन भएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *