रियल उपाधितर्फ अग्रसर, चार अंकको स्पष्ट अग्रता

news-details

स्पानिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा अलाभेजलाई पराजित गर्दै लिग लिडर रियल मड्रिडले दोस्रो स्थानको बार्सिलोनासँग चार अंकको अग्रता बनाएको छ ।

घरेलु मैदान अल्फ्रेडो डे स्टेफानो स्टेडियममा भएको खेलमा रियल २-० ले विजयी भएको हो । रियलका लागि करिम बेन्जामा र मार्को असेन्सिओले एक एक गोल गरे ।

अब लिगमा ३ खेल बाँकी रहँदा रियलले बार्सिलोनासँग ४ अंकको अग्रता बनाएको छ । ३५ खेलबाट रियलको ८० अंक हुँदा बार्सिलोना ७६ अंकसहित दोस्रो स्थानमा छ । अब बाँकी ३ मध्ये २ खेल जिते पनि रियलले लिग उपाधि जित्नेछ । बार्सिलोनाको लागि भने लिग जित्न बाँकी ३ वटै खेल जित्नुपर्नेछ र रियलको खेलको नतिजा पनि कुर्नुपर्नेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *