एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा नेपालको लगातार दोस्रो हार, अघिल्लो चरण प्रवेशको संभावना बन्यो कम्जोर

news-details

एशिया इस्टर्न रीजन टी २० क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार भोगेको छ । आइतबार भएको खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भएको हो । १५५ रनको लक्ष्य पछ्याएको नेपाल १८.१ ओभरमा १११ रनमै अलआउट भएको थियो ।

यसअघि भएको आफ्नो पहिलो खेलमा पनि खराव ब्याटिङका कारण नेपाल मलेसियासँग २२ रनले पराजित भएको थियो । लगातार दोस्रो हारसँगै शीर्ष दुईमा रहेर एसिया कप छनोट पुग्ने नेपालको सम्भावना कमजोर बनेको छ । हङकङविरुद्धको खेलमा पनि नेपालको ब्याटिङ लाइन निकै कमजोर देखिदा अघिल्लो चरण जाने नेपालको संभावना निकै कठिन मोडमा पुगेको छ ।

हङकङले दिएको १५५ रनको चुनौती पछयाउने क्रममा कप्तान ज्ञानेन्द्र मल्ले ४६ र कुशल कुशल मल्लले १९ रन बनाउनुबाहेक कुनै पनि व्याटसम्यानले गतिलो प्रर्दशन गर्न सकेनन । खेलमा पारस खड्का ४, उपकप्तान दीपेन्द्र सिंह ऐरी ५, पवन सर्राफ १ र विनोद भण्डारी ५ रन बनाएर आउट भएका थिए ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा हङकङका लागि हारुन अर्सदले ५ विकेट लिएका थिए भने अफताव हुसेनले ३ र एहसान खानले २ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो । हङकङका लागि ओपनर निजाकात खानले सर्वाधिक ४८ रन बनाए भने कप्तान अइजज खानले २८, हारुन अर्सदले २७, ओपनर साहिद वासिफले २६ र जेमी एटकिनसनले १७ रन जोडेका थिए ।

खेलमा नेपालका लागि सन्दीप लामिछाने र सुशन भारीले २/२ तथा कुशल मल्लले एक विकेट लिएका थिए ।

एसिया कपको छनोटको रुपमा रहेको जारी प्रतियोगितामा शीर्ष दुई टोली मात्र छनोट हुनेछ । लगातारको हारसँगै नेपालको अर्को चरण प्रवेश गर्ने संभावना निकै कम्जोर बनेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *