एशिया ११ मा सन्दीप पनि अटाए, विश्व ११ सँग टी-ट्वान्टी क्रिकेट श्रृखंला खेल्ने

news-details

बङ्गलादेशले आयोजना गर्न लागेको एशिया एघार र विश्व एघारबीचको त्रिदिवशीय क्रिकेट म्याचमा नेपालका चर्चित क्रिकेटर सन्दीप लामिछाने पनि चयन भएका छन ।

बंगलादेशका संस्थापक शेख मुजीव उर९रहमानको १०० औं जन्मजयन्तीको अवसरमा यही मार्च २१ देखि आयोजना गरिने उक्त प्रतियोगितामा एशिया एघार र विश्व एघारबीच तीन म्याचको टी ट्वान्टी श्रृखंला खेलाइने बङ्गलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमल हस्सनले बताए ।

बङ्गलादेश क्रिकेट बोर्डले सार्वजनिक गरेको एशिया एघारको टिममा सन्दीप लामिछानेसँगै भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली, करण लोकेश राहुल, ऋषभ पन्त, कुलदीप यादब, मोहम्मद सामी, तामिम इकवाल, लिटन दास, शिखर धवन, मुस्तफिजुर रहमान, राशिद खान, थिसारा परेरा, लासिथ मलिङ्गा र मुजीब ऊर रहमान रहेका छन् ।

यस्तै विश्व एघारबाट एलेक्स हल्स, क्रिस गेल, फाफ डु प्लेसिस, निकोलास पूरन, ब्राण्डन टैलर, जोनी बैरिस्ट, क्यारन पोलार्ड, अदिल राशिद, शेल्डन कट्रेल, लुङ्गी एनगिदी, एन्ड्रय टाय र मिसेल म्याकक्लघंम रहेका छन् । डु प्लेसिस टोलीको कप्तान तोकिएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *