इतिहास रच्दै मछिन्द्र बन्यो ए डिभिजन लिगको च्याम्पियन

news-details

सहिद स्मारक ए डिभिजन लिग २०७६ को उपाधि मछिन्द्र क्लबले जितेको छ । शनिवार दशरथ रंगशालामा भएको आफ्नो अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित गर्दै मछिन्द्र इतिहास रच्दै पहिलो पटक च्याम्पियन बनेको हो ।

खेलको ३३ औ मिनेटमा आर्मीका विकास तामाङबाट भएको आत्मघाती गोल मछिन्द्रलाई च्याम्पियन बनाउन पर्याप्त बन्यो । मछिन्द्रका रन्जित धिमालले हानेको फ्री किक क्लीयर गर्न खोज्दा आर्मीका विकास तामाङको हेडर बल आत्मघाती गोलमा परिणत भएको थियो ।

मच्छिन्द्रभन्दा एक अंक धेरै रहेको आर्मीलाई आजको खेल बराबरी गरेपनि उपाधि जित्न पुग्नेथ्यो । खेलमा दुवै टिमकातर्फबाट गोलका लागि प्रयास भएपनि अन्तत  उपहारमा पाएको १ गोलसँगै मछिन्द्र बिजेता बनेको हो ।

गत वर्ष अन्तिम दुई स्थानमा रहेर पनि रेलिगेसनमा नपरेको मछिन्द्रले यस सिजन एक अंक गुमाएपनि आर्मीलाई २ अंकले पछि पार्दै लिग जितेको हो । मछिन्द्रले १३ खेलबाट ३१ र आर्मीले २९ अंक जोड्यो ।

इतिहाम रच्दै च्याम्पियन बनेको मछिन्द्रले उपाधीसहित ५० लाख नगद पनि पक्का गरेको छ ।

आर्मी दोस्रो पटक उपाधि नजिक पुगेर पनि च्याम्पियन बन्न चुकेको हो । यसअघि २०६३ सालमा पनि आर्मी अन्तिम खेलमा नेपाल पुलिस क्लबसंग पराजित हुदै उपाधिबाट बन्चित भएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *