अमेरिकामाथि नेपालको सानदार जित, अहिलेसम्मकै कम योगफलमा समेटियो अमेरिका

news-details

अमेरिकालाई अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा अहिलेसम्मकै सबैभन्दा कम योगफलमा समेटने क्रममा नेपालले आफ्नो खेलमा ८ विकेटको सहज जित निकालेको छ । नेपाली बलिङ्ग आक्रमण सामू निरिह बनेको अमेरिका १२ ओवरमा ३५ रन बनाउदा अलआउट भएको थियो ।

नेपाली बलर सन्दीप लामिछानेले ६ र सुशन भारीले ४ विकेट लिदा अमेरिका ३५ रनमै समेटिन पुगेको हो । यसअघि अन्तर्राष्ट्रिय एकदिवसीयमा सबैभन्दा कम योगफलमा समेटिएको कीर्तिमान जिम्बाबवेको नाममा रहेको थियो । जिम्बाबवेलाई करीब १६ वर्ष अगाडि घरेलु मैदानमै श्रिलंकाले ३५ रनमा समेटेको थियो ।

३६ रनको जवाफी व्याटिङमा उत्रिएको नेपालले पाँच ओभर दुई बलमा दुई विकेटको क्षतिमा उक्त लक्ष्य पुरा गरेको हो । नेपालका लागि दिपेन्द्र ऐरीले १५ तथा पारस खडका २० रन बनाएर अविजित रहे । यसअघि कप्तान ज्ञानेन्द्र मल्ल १ र सुभाष खकुरेल खाता खोल्न नपाउँदै पेभेलियन फर्किदा नेपाली टोली दबाबमा आएको थियो । अमेरिकाका लागि दुबै सफलता केनिजिले दिलाए ।

यसअघि अमेरिका १२ ओभरमा मात्र ३५ रनको झिनो योगफलमा समेटिदा ओपनर जेभियर मार्शलले १६ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोडन सकेनन ।

बलिङमा सन्दीप लामिछानृले ६ ओभरको स्पैलमा मात्र १६ रन खर्चेर छ विकेट लिएभने सुशनले ३ ओभरमा एक मैडन राख्दै मात्र पाँच रन खर्चेर चार विकेट लिए ।

अमेरिकाविरुद्धको दोस्रो जितसँगै सिरिजमा नेपालले चार अंक बनाएको छ । नेपाल छैटौं स्थानमा छ । सिरिजको शीर्ष स्थानमा रहेको ओमनले १० खेलबाट १६ अंक छ । दोस्रो स्थानमा रहेको अमेरिकाको १२ खेलबाट १२ अंक छ ।

सात राष्ट्र सहभागी लिग–२ मा नेपाल, अमेरिका र ओमनसहित स्कटल्यान्ड, युएई, नामिविया र पपुवा न्युनिगी छन् । अहिलेसम्म स्कटल्यान्ड नौ अंक सहित तेस्रो स्थानमा छ । नामिवियाको आठ र युएईको सात अंक छ । पपुवा न्युगिनी अंकविहिन छ । लिगमा हरेक टोलीले ३६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने छन् । जसबाट शीर्ष तीनमा रहने टोली सन् २०२३ को विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *