बास्केटबलका लेजेण्ड खेलाडी कोबेको हेलिकोप्टर दुर्घटनामा निधन

news-details

एजेन्सी/ पाँच पटक एनबीए च्याम्पियन र ओस्कार जितेका अमेरिकी बास्केटबल लेजेण्ड कोबे ब्रायन्टको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ ।

क्यालिफोर्नियाको कालाबासस शहरमा भएको यो दुर्घटनामा कोबे, उनकी छोरी गियनासहित नौ जना मानिसहरुको ज्यान गएको छ ।

४१ बर्षीय ब्रायन्ट आफ्नै नीजि हेलिकोप्टरमा यात्रा गरिरहेका थिए । लस एन्जलस प्रहरीले हेलिकोप्टरमा यात्रारत कोही पनि जीवित नरहेको जानकारी दिएको छ ।

ब्रायन्टलाई अमेरिकी बास्केटबलमा अहिलेसम्मकै महान खेलाडी मानिन्छ । उनको निधनप्रति अमेरिकी खेलाडी, कलाकार र राजनीतिज्ञहरुले शोक व्यक्त गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *