राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधी ‘हेल्प नेपाल क्लब’लाई

news-details

राजधानीमा जारी ‘आरबीबी एनभीए राष्ट्रिय भलिबल प्रतियोगिताको’ उपाधी ‘हेल्प नेपाल क्लब’ले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा विभागीय टोली शसस्त्र प्रहरीको टिमलाई पराजित गर्दै क्लबले उपाधीसहित नगद रु.२ लाख हात पारेको छ ।

फाइनलमा हेल्प नेपाल क्लबले शसस्त्र प्रहरीको टोलीलाई ३ सेटमै पराजित गरेको हो । यसअघि क्लबले सेमिफाइनलमा अर्को विभागीय टिम नेपाल प्रहरीको टोलीलाई पनि सोझौ ३ सेटमै पराजित गरेको थियो ।

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगितामा पुरुषतर्फ ११ र महिलातर्फ ७ टोलीको सहभागिता रहेको थियो । दुवै विधातर्फको उपाधि विजेताले २ लाख रुपैयाँ, उपविजेताले १ लाख रुपैयाँ र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ हात पारेका छन ।

उपाधी पाएपछि खुसी हुदै हेल्प नेपाल क्लबका अध्यक्ष बासुदेव श्रेष्ठले आगामी दिनमा क्लबले अझ राम्रो खेल पस्कने बताए । उनले भने –‘भलिबल खेलको क्षेत्रमा केहि गर्ने उद्देश्यबाट जसरी यो क्लब स्थापना गरेका थियौ भोलीका दिनमा अझ राम्रो खेल पस्कन हामीलाई यो उपाधीबाट थप प्रेरणा मिलेको छ ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *