‘हेल्प नेपाल क्लब’ राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा, उपाधिका लागि शसस्त्र प्रहरीसँग भिडने

news-details

युवा वैदेशिक रोजगार व्यवसायीहरुद्धारा स्थापित ‘हेल्प नेपाल क्लब’ राजधानीमा जारी आरबीबी एनभीए राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहिबार भएको दोश्रो सेमिफाइनलमा नेपाल प्रहरीको टोलीलाई सोझो ३ सेटमा हराउदै हेल्प नेपाल क्लबले फाइनलमा शसस्त्र प्रहरीको टोलीसँगको भिडन्तलाई पक्का गरेको छ ।

शसस्त्र प्रहरीको टिम यस अघि नै भएको पहिलो सेमिफाइनल खेलमा आर्मीलाई हराउदै फाइनल पुगेको थियो । अब शुक्रबार उपाधीका लागि हेल्प नेपाल क्लब र शसस्त्र प्रहरीको टिम एक आपसमा भिडने छन ।

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगितामा पुरुषतर्फ ११ र महिलातर्फ ७ टोलीको सहभागिता रहेको छ । दुवै विधातर्फको उपाधि विजेताले २ लाख रुपैयाँ, उपविजेताले १ लाख रुपैयाँ र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ हात पार्नेछन ।

हेल्प नेपाल क्लब फाइनल पुगेपछि संक्षिप्त प्रतिक्रिया दिदै यसका अध्यक्ष बासुदेव श्रेष्ठले भने –‘अब हाम्रो स्पष्ट लक्ष्य भनेकै उपाधी हो, भलिबल खेलको क्षेत्रमा केहि गर्ने उद्देश्यबाट जसरी यो क्लब स्थापना गरेका थियौ भोलीका दिनमा अझ राम्रो खेल पस्कन हामीलाई यो सफलताबाट थप प्रेरणा मिलेको छ ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *