‘हेल्प नेपाल क्लब’ राष्ट्रिय भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा

news-details

काठमाडौंमा जारी आरबीबी एनभीए राष्ट्रिय भलिबल प्रतियोगिता हेल्प नेपाल क्लब क्वाटरफाइनल प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा आइतबार भएको प्रतिष्पर्धामा बुद्द टोल क्लबलाई तिन सेटमा पराजित गर्दै हेल्प नेपाल क्वाटरफाइनल पुगेको हो । हेल्प नेपालले २५-१०, २५-१५, २५-११ ले बुद्द टोल क्लबलाई पराजित गरेको थियो ।

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगितामा पुरुषतर्फ ११ र महिलातर्फ ७ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको उपाधि विजेताले २ लाख रुपैयाँ, उपविजेताले १ लाख रुपैयाँ र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ हात पार्नेछ । प्रतियोगिता माघ १० गतेसम्म चल्नेछ ।

हेल्प नेपाल क्लबको जितप्रति खुसी व्यक्त गर्दै यसका अध्यक्ष बासुदेव श्रेष्ठले आगामी दिनमा क्लबले नेपाली भलिबलको क्षेत्रमा अझ राम्रो खेल पस्कने बताए । हेल्प नेपाल क्लब वैदेशिक रोजगार व्यवसायको क्षेत्रमा रहेका युवा व्यवसायीहरुको संलग्नतामा विसं २०६९ मा स्थापना भएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *