पुरुष फुटबलमा भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

news-details

भुटानलाई हराउँदै नेपालले १३औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तरगत पुरुष फुटबलको स्वर्ण नेपालले हात पारेको छ । साग फुटबलमा नेपालले भुटानलाई हराउँदै स्वर्ण पद पक्का गरेको हो ।

मंगलबार भएको फाइनल खेलमा नेपालले भुटानलाई २(१ गोल अन्तरले हराएपछि नेपाल लगातार दोश्रो पटक स्वर्ण विजेता बनेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले १७ औं मिनेटमा अभिषेक रिजालको गोलबाट अग्रता लिएको थियो । तर ३७ औं मिनेटमा भुटानका चेन्चो ग्याल्सेनले बराबरी गोल फर्काए ।

खेलको दोस्रो हाफमा नेपालले सुनिल बलको गोलबाट फेरि अग्रता लियो । बलले उत्कृष्ट हेड गोल गरेका थिए । खेलमा थप गोल हुन सकेन र नेपालले २(१ को जितसँगै स्वर्ण जितेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *