नेपाली पुरुष र महिला राष्ट्रिय भलिबल टिमलाई न्यूरोडमा रहेको टिपटप समोसा पसल र देविवास ऋण तथा वचत सहकारी संस्था लिमिटेडले ३६ थान ट्रयाकसुट सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।

हार्भेष्ट मुन ट्राभल्सका वासुदेव श्रेष्ठको संयोजनमा पुरुष भलिबल टिमका क्याप्टेन इम राणा र महिला भलिबल टिमका क्याप्टेन अरुणा शाहीलाई देविवास सहकारीका प्रवन्ध संचालक देवेन्द्र आचार्यले उक्त ट्रयाकसुट हस्तान्तरण गरेका हुन ।

राष्ट्रिय भलिबल टिमलाई ‘टिपटप समोसा’ र ‘देविवास सहकारी’को सहयोग

‘हामीले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत साफ खेलमा प्रतिष्पर्धा गरिरहेका राष्ट्रिय भलिबल खेलाडिलाई सहयोग गर्न पाएकोमा खुसी छौ’ देविवास सहकारीका प्रवन्ध संचालक आचार्यले भने–‘भोलीका दिनमा पनि खेलाडिहरुको हौसला बढाउन यस्ता सहयोगलाई निरन्तरता दिइरहनेछौ ।’

राष्ट्रिय भलिबल टिमलाई ‘टिपटप समोसा’ र ‘देविवास सहकारी’को सहयोग

बुधबारदेखि नै साफ खेलकुद अन्तर्गत भलिबलको स्पर्धा सुरु भइसकेका छन भने यस पटक पुरुष र महिला दुवै स्पर्धामा नेपाली टिमलाई दावेदारकारुपमा हेरिएको छ ।