छैटौ शुभारम्भ फुटवल टुनामेन्ट-२०७६ हुदै

news-details

युवा भनेका समाज परिवर्तनका सम्वाहक हुन् भन्ने मुल नाराका साथ स्थापना भएको शुभारम्भ युवा क्लवले नेपालीहरुको महान पर्व शुभ विजयादशमी, तिहार र छटलाई लक्षित गर्दै छैटौं शुभारम्भ फुटवल टुनामेन्ट २०७६ आयोजना गर्ने भएको छ ।

काठमाण्डौ महानगरपालिका वार्ड नंं ८, ९ र ३१ लाई आफ्नो कार्यस्थल बनाएको शुभारम्भ क्लवले स्थानीय मठमन्दिर संरक्षण, लागू औषध रोकथाम, मानव अधिकार प्रचार प्रसार तथा खेलकुदलाई जोड दिने गरेको छ ।

विगतमा खुल्ला फुटवल प्रतियोगिता आयोजना गरेको क्लवले यस पटकबाट काठमाण्डौ महानगरपालिका वार्ड नं ८ ,९,१० र ३१ स्थापना भएका क्लव, समुह, संस्थाका टिमलाई सहभागी गराउने जानकारी प्रतियोगिता संयोजक ज्ञान बहादुर कार्कीले बताए ।

साथै प्रतियोगितामा सोह् टोली सहभागी हुने र प्रथम लाई नगद रु। पचास हजार, ट्रफी, मेडल र प्रमाणपत्र, द्धितिय हुनेलाई रु पच्चीस हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्ने र प्रतियोगितामा सहभागी हुनका लागी पाँच हजार दर्ता शुल्क लाग्ने जानकारी शुभारम्भ क्लवका अध्यक्ष गुणराज प्याकुरेलले जानकारी दिए ।

प्रतियोगिता २०७६ असोज १२ गते देखि १८ गते सम्म अमर आदर्श खेल मैदानमा हुने र नकआउट फरम्याटमा खेल हुने जनाइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *