मलेसियामाथि नेपालको शानदार जीत, ज्ञानेन्द्र मल्लले बनाए किर्तिमानी अर्धशतक

news-details

सिंगापुरमा जारी टी–२० विश्वकपको एशिया छनोटमा भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेट हराएको छ । नेपालका कप्तान ज्ञानेन्द्र मल्लको विष्फोटक व्याटिङको मद्दतले मलेसिलाई ७ विकेटले हराएको हो ।

वर्षाले प्रभावित बनाएपछि ९ ओभरमा घटाइएको खेलमा मलेसियाले ७ विकेटको क्षतिमा ८३ रन बनाएको थियो ।

टस हारेर ब्याटिङ थालेको मलेसियाका लागि सेयद अजिजले ३० रन बनाएका थिए । यस्तै भिरन्दीप सिंहले २१ रन बनाए। कप्तान अहमेद फेजले ९ रन जोडे । नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए भने वसन्त रेग्मीले २ विकेट लिए । सन्दीप लामिछाने र करण केसीले समान १/१ विकेट लिए ।

८४ रनको विजयी लक्ष्यसहित ब्याटिङमा आएको नेपाललका लागि ज्ञानेन्द्र मल्लले किर्तिमानी अर्धशतक पूरा गरे । योसँगै मल्ल सबैभन्दा छिटो अर्थशतक बनाउने नेपाली खेलाडी बने । उनले २१ बलको सामना गर्दै ३ छक्का र ५ चौका हाने ।

त्यस्तै प्रदिप सिंह ऐरीले ११ रन बनाए। विनोद भण्डारी नटआउट १३ रन बनाए । मलेसियाका लागि मोहमद सेहदादले ३ विकेट लिए। नेपाललको अब अर्को खेलमा जुलाई २७ मा कुवेतसँग खेल्ने छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *