मलेसियाविरुद्ध नेपालको रोमाञ्चक जित, दुई टी-२० क्रिकेट श्रृंखलामा नेपालको क्लिनस्विप

news-details

मलेसियासँगको दुई टी-२० क्रिकेट शृ‌ंखला नेपालले २–० ले जितेको छ। आइतबार भएको दोस्रो खेलमा नेपाल ६ रनले विजयी भयो । १७४ रनको लक्ष्य पछ्याएको मलेसियाले ७ विकेटको क्षतिमा १६७ रन बनायो ।

मलेसियाका लागि सिएद अजिजले अर्धशकिय पालि खेले पनि जित दिलाउन सकेनन् । अमिनुद्दिन राम्लीले २४ तथा वीरनदीप सिंहले २३ रन बनाए । नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले दुई–दुई विकेट लिए । त्यस्तै अविनाश बोहरा र कप्तान पारस खड्काले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा १७३ रन बनाएको थियो । नेपालका लागि विनोद भण्डारीले नटआउट ५१ रन बनाए । शरद भेषवाकरले ४० रन बनाउँदा कप्तान पारस खड्काले २३ रन बनाए । मलेसियामा अभ्यास गरेर नेपाली टोली त्यतैबाट सिंगापुर जानेछ ।

आइसिसी वर्ल्ड टी-२० क्वालिफायर एसिया फाइनल्स जुलाई २० देखि २९ सम्म सिंगापुरमा हुँदैछ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *