नेपाल यू–१९ एसिया कप क्रिकेटमा छनोट, हङकङलाई ६ विकेटले हरायो

news-details

नेपाल यू–१९ एसिया कप क्रिकेटमा छनोट भएको छ । मलेसियामा जारी एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपाल एसिया कपमा छनोट भएको हो ।

मलेसियाको किनरारा ओभलमा हङकङ दिएको मात्र ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । जसका लागि नेपालका प्रारम्भिक ब्याट्सम्यानद्वय पवन सर्राफ र रित गुरुङले पहिलो विकेटका लागि ५२ रनको साझेदारी गर्दै नेपाललाई सटिक सुरुवात दिलाएका थिए। सर्राफले ३९ रन बनाउँदा गुरुङले १३ रनको पारी खेले ।

यस्तै प्रतियोगितामा रोहित कुमार पौडेलले १२ तथा भिम सार्कीले अविजित ८ रन बनाएका थिए । मलेसियाका रौनक कपुरले सर्वाधिक २ विकेट लिए ।

यसअघि टस जितेर बलिङ गरेको नेपालका सागर ढकालले ५ विकेट लिएपछि हङकङको पारी ९५ रनमा समेटिएको हो ।

एसिया कपको यो संस्करण २८ अगष्टदेखि श्रीलंकामा हुनेछ । प्रतियोगितामा आयोजक श्रीलंकासँगै अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, यूएई, कुवेतसँगै नेपाल रहनेछन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *