यू–१९ एसिया कप छनोट क्रिकेटः चीन विरुद्ध नेपालको १० विकेटको जीत !

news-details

मलेशियाको किनरारा ओभल मैदानमा जारी एसीसी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले छिमेकी राष्ट्र चीनलाई पराजित गरेको छ ।

नेपालको १० विकेटको विजयमा सागर ढकालले ६ विकेट लिए, यस्तै पवन सर्राफले नटआउट ४६ रन बनाएका छन् । क्रिकेटमा चीन नवप्रवेशी र कमजोर राष्ट्र हो भने नेपालले पाँच पटक यू–१९ विश्वकप खेलिसकेको छ ।

प्रतियोगिताको विजयी टोली सेप्टेम्बरमा हुने यूथ एसिया कपमा छनौट हुनेछ । नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि चीनको ब्याटिङ राम्रो हुन सकेन् ।

मङ्गलवार सिङ्गापुरविरूद्ध ३२ रनमा अलआउट भएको चीनले नेपालसँग भने २३.१ ओभर खेल्दै ५३ रन बनाउन सक्यो ।

नेपालको तर्फबाट सागर ढकालले ६ विकेट लिए । उनले ९.१ ओभरमा १९ मात्रै खर्चेका छन् । त्यस्तै तिलक राजभण्डारीले तीन विकेट लिए र कमलसिंह ऐरीले एक विकेट लिएका छन् ।

चीनका दुई प्रारम्भिक ब्याट्सम्यानहरू गुहाओ गाओ र लियाङ चेनले समान १३ रन बनाए भने अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।
प्रत्युत्तरमा नेपालले पाँच ओभरमै ५७ रन बनाएर खेल जितेको छ ।

पवन सर्राफले २१ बलमा छ चौका र तीन छक्का प्रहार गर्दै ४६ रन बनाएका छन् । रित गौतमले १० रन बनाए ।

नेपालले अब अर्को खेल शुक्रवार सिङ्गापुरसँग खेल्नेछ ।

बिबिसिको सहयोगमा ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *