‘पीचीची अवार्ड’ छैटौं पटक पनि मेस्सीकै पोल्टामा

news-details

स्पेनिस ला लिगा फुटबल च्याम्पियन बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ‘पीचीची’ अवार्ड हात पारेका छन् । बार्सिलोनाकै लुइस स्वारेज र रियल मड्रिडका स्ट्राइकर करिम बेन्जिमालाई पछि पार्दै मेस्सीले पीचीची अवार्ड हात पारेका हुन् ।

आइतबार राति लिगको अन्तिम खेलमा दुई गोल गरेका मेस्सी सर्वाधिक गोलकर्ता बने । मेस्सीले जम्मा ३६ गोल गरेका छन् भने १३ एसिष्ट गरेका छन् । स्वारेज र बेन्जिमाले लिगमा बाराबरी २१र२१ गोल गरेका छन् । अन्य लिगमा समेत गरेर मेस्सीले यो सिजन मात्रै क्लबकाल लागि ५०औं गोल गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *