लगातार सातौँ सिजन बार्यन म्युनिखले जित्यो उपाधि

news-details

एजेन्सी । बार्यन म्युनिखले लगातार सातौँ सिजन जर्मन बुण्डेस लिगा फुटबलको उपाधि जितेको छ । लिग अन्तर्गत शनिबार राति भएको सिजनको अन्तिम खेलमा फ्र्यांकफर्टमाथि जित निकाल्दै बार्यनले उपाधि जितेको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्यनले टोलीमाथि ५–१ को जित निकाल्दै दोस्रो स्थानको बोरुसिया डर्टमुन्डलाई २ अंकले पछि पारेर उपाधि जितेको हो ।

बार्यनका लागि कोम्यान, अलाबा, रेनाटो सान्चेज, रिबेरी र रोबिनले गोल गरे । फ्र्यांकफर्टका लागि हालेसले एक गोल फर्काए ।

बार्यनका लागि खेलको चौथो मिनेटमै किङ्स्ली कोमानले पहिलो गोल गरेका थिए । त्यसपछि दुवै पक्षबाट गरी बाँकी ५ वटै गोल सबै दोस्रो हाफमा भएका थिए ।

दोस्रो हाफको सुरमै फ्रान्कफुर्टले गोल गरेर खेल १–१ बनायो । उसका लागि सेबास्टिएन हलरले ५०औं मिनेटमा गोल गरेका थिए । तर, त्यसपछि उसले गोल पोस्ट जोगाउन नसक्दा बार्यनले गोलको वर्षा नै गरिदियो ।

खेलको ५३औं मिनेटमा बार्यनका लागि डेभिड अल्बाले दोस्रो गोल गर्दा ५८औं मिनेटमा रेनाटो सान्चेजले तेस्रो गोल गरे ।

त्यसपछि खेलको ७२औं मिनेटमा फ्रान्क रिबेरीले गोल गरेर अग्रता ४–१ बनाए । त्यसपछि खेलको ७८औं मिनेटमा अर्जेन रोबेनले गोल गर्दै गर्दै खेललाई ५–१ बनाए । त्यसपछि थप गोल भएन र खेल बार्यनले ५–१ ले जित्यो ।

यो जितपछि बार्यनले यो सिजन ३४ खेलबाट कूल ७८ अंक बनायो । दोस्रो स्थानको बोरुसिया डर्टमुन्डले ७६ अंक बनायो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *