क्यारेबियन प्रिमियर लिगको ड्राफ्ट लिस्टमा सन्दीपसहित चार नेपाली खेलाडी

news-details

क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट को ड्राफ्ट लिस्टमा नेपालबाट सन्दीप लामिछानेसहित चार खेलाडी परेका छन् ।

सन्दीपले गत सिजन नै सेन्ट किट्स एण्ड नेभिस प्याट्रिसबाट सीपीएलमा डेब्यु गरेका थिए । सन्दीप बाहेक राष्ट्रिय टिमका अन्य तीन खेलाडी सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र रोहित कुमार पौडेल भने पहिलो पटक सीपीएलको ड्राफ्ट लिस्टमा परेका हुन् ।

सीपीएलको लागि बुधवार सार्वजनिक सूचीमा कूल ५३६ खेलाडी ड्राफ्ट लिस्टमा छन् । जहाँ विश्वका विभिन्न देशको खेलाडी समावेश छन् । यस्तै नेपालबाट चार खेलाडीले आफ्नो नाम दर्ता गरेका हुन् ।

सीपीएल अगष्ट २१ देखि सेप्टेम्बर २७ सम्म वेष्टइन्डियमा आयोजना हुनेछ । त्यसका लागी सहभागि टिमले यही मे २२ मा ड्राफ्ट मार्फत खेलाडी चयन गर्नेछन् र टिम निर्माण गर्नेछन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *