चेन्नईलाई १ रनले पराजित गर्दै मुम्बई ईण्डियन्सले जित्यो आईपिएल

news-details

इण्डियन प्रिमियर लिग २०१९ को उपाधि मुम्बई इण्डियन्सले जितेको छ । आइतबार राती भएको खेलमा चेन्नई सुपर किंग्सलाई एक रनले पराजित गर्दै मुम्बईले उपाधि जितेको हो ।
रोहित शर्माको कप्तानीमा रहेको मुम्बई इण्डियन्सले चौथो पटक आइपिएलको उपाधि जितेको हो । मुम्बईले यसअघि सन् २०१३, २०१५ र सन् २०१७ मा पनि उपाधि जितेको थियो ।

हैदरावाद स्थित राजीव गान्धी अन्तर्रािष्ट्रय क्रिकेट मैदानमा मुम्बई इण्डियन्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । मुम्बईले जितका लागि चेन्नईलाई १५० रनको लक्ष्य दिएको थियो जसको जवाफ ब्याटिङ गरेको चेन्नईले लक्ष्य प्राप्त गर्न सकेन । २० ओभर पुरा ब्याटिङ गरेको चेन्नईलाई अन्तिम बलमा २ रन आवश्यक थियो । तर मुम्बईका लासिथ मालिङ्गाले विकेट लिदैँ मुम्बईको जित सुनिश्चित गरे ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *