बार्सिलोनालाई हराउँदै लिभरपुल च्याम्पियन्स लीगको फाइनलमा

news-details

एजेन्सी / लिभरपुल च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति सेमिफाईनलको दोस्रो लेग बार्सिलोनालाई ४–० गोल अन्तरले हराउँदै लिभरपुल समग्रमा ४–३ को नतिजासहित फाइनल प्रवेश गरेको हो । यस अघि पहिलो लेगमा बार्साले लिभरपुललाई ३–० ले हराएको थियो ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुल मुख्य फरवार्डद्वय रोबर्टो फिर्मिन्हो र मोहमद सलाहाबिना मैदान उत्रिएको थियो । लिभरपुलको जितमा डिभोक ओरिगी र जर्जिनियो वाइनाल्डमले समान २–२ गोल गरे । खेलको ७ औ मिनेटमा ओरिगीले लिभरपुललाई अग्रता दिलाए। ५४ औ मिनेटमा वाइनाल्डमले लिभरपुलको अग्रतालाई दोब्बर बनाए । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका उनले ५६औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ३–० को स्थितीमा पुर्‍याए । ७९ औ मिनेटमा ओरिगीले क्लबका लागि चौथो गोल थप्दै लिभरपुरलाई ऐतिहासिक जित दिलाए ।

लिभरपुलले उपाधिका लागि जुन १ मा टोटेनहम र अजाक्सबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *