एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिप शनिबार

news-details

नेपाल रिङ रेस्लिङ संघको आयोजनामा आगामी शनिबार एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिप रेस्लिङ हुँदैछ । रेस्लिङ खेलको बढ्दो क्रेजलाई मध्यनजर गर्दै रिङ रेस्लिङ संघले एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिप गर्न लागेको हो ।

डिसहोमको सहकार्यमा आयोजना गर्न लागेको च्याम्पियनसिपमा ६ देशका टप रेस्लरहरुको सहभागीता हुने आयोजकले जानकारी दिएको छ । त्रिपुरेश्वरस्थित कर्भडहलमा दिउँसो ३ बजे च्याम्पियनसिप सुरु हुनेछ ।

राष्ट्रिय खेलकुद परिषद्को विशेष सहयोग र एमकेडब्लु चीनको समन्वयनमा हुन लागेको यो प्रतियोगितामा नेपाल, चीन, अमेरिका, इग्ल्यान्ड, हङकङ, न्यूजिल्यान्डका खेलाडीहरुको सहभागीता रहनेछ । नेपालका रेस्लर नुवाकोटे टाइगर, ठाकु, डेभिड, एक्स हिरो, साइन, चट्टान, दिलाशाले प्रतिस्पर्धा गर्ने छन् । त्यसैगरि अमेरिकाबाट एस सिल्भा, जेडा, जोम्बिइ ड्रागन र अंकल मनि छन् भने युकेका विग साम, चीनका बेम्बो क्रुसर, दा बाइ, ब्ल्याक माम्बा प्रतिस्पर्धा गर्ने छन् ।

त्यसैगरि हङकङका के सी, चियरम्यान एएल, मिचेल र न्यूजिल्यान्डका टोमी कम्ब्याट भिड्दैछन् । रेफ्रीमा प्रदिप पाण्डे, कुवरे केसी, विकाश थयोखड्का रहेका छन् । प्रतियोगितामा दुईवटा वेल्ट विजेता घोषणा गरिने छ । जसमा वेल्ट एण्ड रोड च्याम्पियन र वल्र्ड च्याम्पियनको वेल्ट प्रदान गरिने छ ।

प्रतियोगितामा एकल, ट्याग टिम, टु भर्सेस टु, वे कर्नर, रोपन एन्ड कर्नरका प्रतिस्पर्धाहरु गराइने छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *