च्याम्पियन्स लिगः सलाह नखेल्दा बार्सिलोनालाई सुनौलो अवसर

news-details

च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लिग अगाडि लिभरपुललाई ठुलो झट्का लागेको छ । गत शनिवार न्युक्यासलविरुद्धको खेलमा घाइते भएका लिभरपुलका मोहमद सलाह बार्सिलोनाविरुद्धको सो खेलमा नखेल्ने भएपछि लिभरपुल ब्याकफुटमा आएको छ ।

लिभरपुलका म्यानेजर जर्गन क्लोपले बार्सिलोनाविरुद्धको खेलमा सलाह नखेल्ने जानकारी दिएका हुन् । पहिलो लिगमा बार्सिलोनासँग ३-० ले पराजित भएको लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा घरेलु मैदानको फाइदा उठाउदै बार्सिलोनालाई कम्तिमा ३-० गोल अन्तरले पराजित गर्नुपर्ने छ ।

लिभरपुलले अर्का फरवार्ड रोबर्टो फिर्मिनो पनि बार्सिलोनाविरुद्धको खेलमा नखेल्ने यस अघि नै जानकारी गराएको छ । यसरी सिजनकै महत्वपूर्ण खेलमा लिभरपुलले सलाह र फिर्मिनोलाई गुमाएको छ ।

२६ बर्षिय इजिप्टका फरवार्ड सलाहले यस सिजनमा प्रिमियर लिगमा २२ गोल गर्दै लगातार दोस्रो बर्ष गोल्डेन बुट जित्ने तयारीमा रहेका छन् । म्यानेजर क्लोपले सलाह लिगको अन्तिम खेल वोल्भसविरुद्ध भने खेल्न सक्ने विश्वास व्यक्त गरे ।

बार्सिलोनाविरुद्धको खेलबारे चर्चा गर्दै क्लोपले आफ्नो अगाडी गोल गरेर जित्ने मात्र होइन बार्सिलोनालाई गोल गर्न नदिने चुनौती समेत रहेको बताए । ‘विश्वका दुई उत्कृष्ट स्ट्राइकर बार्सिलोनाविरुद्ध उपलब्ध छैनन् र हामीले बार्सिलोनाविरुद्ध ४ गोल गर्नुपर्ने छ, जुन सजिलो काम होइन तर हामीले कोशिश गर्ने छौ’ उनले भने ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *